Shikhar Insurance

मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने तयारीमा छौं: मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १६:५४
NIMB
Nabil Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिएकी छिन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदमा दर्ता गर्न लागिएको जानकारी दिएकी हुन् ।

उनले सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको बताइन् । उनले मिडिया काउन्सिल विधेयक नै आउन लागेपछि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रेस काउन्सिल नेपालसँग सम्बन्धित दफाहरुमा कुनै निर्णय गर्न आवश्यक नभएको बताइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति हुनुपर्ने अथवा मिडिया क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्ति हुनुपर्ने भनेर उल्लेख गरिएको बताइन् ।

नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले धेरै नियुक्तिमा सेवा निवृत्त प्रधानन्यायाधीश, न्यायाधीश अथवा वरिष्ठ अधिवक्ता हुनुपर्ने मापदण्ड राखिएको भन्दै त्यसो गर्नु नहुने बताइन् । उनले सम्बन्धित विषय विज्ञलाई नै सम्बन्धित क्षेत्रको नेतृत्व दिने नीति बनाउनुपर्ने बताइन् । उनले प्रेस काउन्सिल नेपालमा पनि मिडिया क्षेत्र बुझेको मान्छेलाई अध्यक्ष बनाउनेगरी मापदण्ड बनाउनुपर्नेमा जोड दिइन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्