Shikhar Insurance

सुर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ३५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० चैत्र २६, सोमबार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरु लाग्ने शुल्क बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले चैत २८ गते भित्र बीमालेखहरु नविकरण गरेमा बिलम्ब छुट दिने आज एक सूचना प्रकाशन गरी जानकारी दिएको हो ।

बिमितहरुले कम्पनीको शाखा कायलयमा गई मोवाईल बैंकिङ वा अनलाइन वालेटबाट भुक्तानी गर्न सक्ने छ ।
बिलम्ब शुल्कमा छुट बीमा अवधिभर १ पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । पुनर्जागरण भएको १ वर्षभित्र बीमालेख समर्पण गरिएमा प्रदान गरिएको बीमाशुल्क छुट रकम समर्पण रकममा कटाईने कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२०८१ चैत १६ गते भित्र परिपक्क हुने बीमालेखहरुमा यो छुट लागु नहुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्