Shikhar Insurance

फागुन २८ को एकलौटी निर्णय फिर्ता गर्न ओली तयार, आजै ओली-नेपाल सहमति हुने

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओली फागुन २८ गते आफुले गरेको एकलौटी निर्णय खारेज गर्न तयार भएका छन् । प्रधानमन्त्री पद र पार्टी दुबै समाप्त हुने सम्भावना बढेपछि ओली पछाडी हट्न तयार भएका हुन् । ओलीले २०७५ जेड २ गतेको संरचनामा पार्टीलाई फर्काउने प्रतिवद्धता समेत व्यक्त गरिसकेका छन् ।
सोही प्रयोजनका लागि ओलीले आफ्नो समुहको तर्फबाट पुरै कार्यकारी अधिकार आफुमै केन्द्रित गरेका छन् ।

पुराना गल्ति कमजोरी सच्याएर पार्टी एकताका लागि तयार रहेको सन्देश ओलीले माधव नेपाललाई पठाएका छन् । बिहिबार बिहानै एमाले उप महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले कोटेश्वर पुगेर ओलीको सन्देश सुनाएका थिए । त्यति नै बेला ओलीले फोन गरेर आफु सच्चिएर जान तयार रहेको प्रतिवद्धता नेपाललाई सुनाएका थिए ।
ओली–नेपाल टेलिफोन संवादपछि स्थायी कमिटीको बैठक राखेर ओलीले कथित कारवाही फिर्ता लिएका थिए भने पार्टीको कार्यकारी अधिकार पनि आफुमा खिचेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

दिउसो ओली र नेपालले निर्णायक छलफल गरेर एमाले एकताको नयाँ जग बनाउने तयारी भैरहेको श्रोतले बतायो । त्यस्तो एकता सम्भव नभएमा नेपाल समुहका प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा गरेर ओली सरकार ढाल्ने तयारी गरेका छन् ।

माधव नेपालले समय कटाउने उदेश्यले आयोजना हुने छलफलमा नबस्ने स्पष्ट पारिदिएका छन् । फागुन २८ गतेको निर्णय फिर्ता लिएर २०७५ जेठ २ गतेको पार्टी संरचनामा फर्कने सर्त पुरा गर्ने छलफलमा मात्रै आफु सहभागी हुने बताईसकेका छन् । त्यसका लागि ओली तयार भएपछि मात्रै नेपालले छलफलमा बस्ने बताएका हुन् । यहिबीचमा नाटकिय घट्नाक्रम विकसित नभएमा आजै एमाले पुनः एक हुनेछ । अन्यथा नेपाल पक्षका सांसदहरुको राजीनामा आएर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्