Shikhar Insurance

अक्सिजन सम्बद्ध समान आयातमा डलर साट्ने सिमा हट्यो

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३०, बिहीबार १५:११
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अक्सिजन सम्वद्ध सामग्रीहरुको आयातमा डलर सटही सम्बन्धी सिमा हटाएको छ । राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले सूचना जारी गर्दै अक्सिजन सम्वद्ध सामग्रीहरुको आयातमा डलर सटही सम्बन्धी सिमा हटाएको हो ।

अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्यांक, अक्सिजन जेनेरेटर, अक्सिजन म्यानुफ्याक्चरिङ प्लान्ट लगायतको आयातमा डलर सटही सम्बन्धी सिमा हटाउने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म टिटिबाट समान आयात गर्दा एक पटकमा बढीमा ३५ हजार डलर थियो । त्यसमा पनि २५ हजार डलर भन्दा बढीका समान आयात गर्नु पर्दा बिजनेश क्रेडिबीलीटी इन्फरमेशन(बिसिआई) राख्नुपर्ने व्यवस्था थियो । यसरी सटही सुबिधा उपलब्ध गराउँदा विदेशी मुद्रा अपचलन भएमा सम्बन्धीत व्यक्ति तथा संस्था नै जिम्मेवार हुनेछन् ।
बैंक तथा वित्तिय संस्थाले भने यसरी अक्सिजन सम्वद्ध समान आयात गर्न सटही गरिएको डलर र आयात सम्बन्धी विवरण प्रत्येक महिना समाप्त भएको एक साता भित्र राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्