Shikhar Insurance

न्युनतम २ सय ७५ रुपैयाँमा सलिकोकाे १ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार ११:११
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आज (चैत २८ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्युनतम प्रत्तिकित्ता मूल्य २ सय ७५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आजको मितिबाट जेठ १ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्सल काठमाडौंमा आइपुग्नेगरी प्रतिकित्ता के कति रेटमा लिने खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्