Shikhar Insurance

सिंगटी हाईड्रो इनर्जीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.७१ अंकले घटेर २०२५.३० मा पुगेको हो ।

आज ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९ सय १८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४८ करोड ५ लाख ६० हजार ६ सय ४० रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९३ प्रतिशत, एनआईसी एसिया सेलेक्ट फण्ड-३० को ६.४३ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६८ प्रतिशत सहित १११ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्