Shikhar Insurance

युनाइटेड ट्रेडर्सले वर्ष दिनमा बेच्यो २५१ वटा टोयोटा गाडी, ५२ प्रतिशतले घट्यो बिक्री

रोशनी तामाङ
२०८० चैत्र २८, बुधबार १५:५४
NIMB
Nabil Bank

काठमाडौं । महँगो गाडी बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले सन् २०२३ मा २५१ वटा टोयोटा ब्राण्डको गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको तुलनामा बिक्री ५२ प्रतिशतले घटेको हो ।

रेटिङ एजेन्सी केयर नेपालको अनुसार कम्पनीले सन् २०२२ मा ५५० वटा गाडी बिक्री गरेको थियो । प्रालीले सन् २०२३ मा ३ अर्ब ६५ करोड ६० लाख कारोबार गरेको छ । कम्पनीको व्यापार अघिल्लो बर्षको तुलनामा ५१.९८ प्रतिशत अर्थात् ३ अर्ब ९५ करोड ९० लाखले घटेको हो । कम्पनीले सन् २०२२ मा ७ अर्ब ७ अर्ब ६१ करोडककाे व्यापार गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख व्यापार गरेको थियो । कम्पनीको ब्याज कभरेज रेसियो २०२१ मा २.२६, २०२२ मा ३.७१ र २०२३ मा १.१६ टाइम्स रहेको छ ।

कम्पनीले जापानिज ब्राण्ड टोयोटाको आधिकारिक बिक्रेताको रूपमा ५ दशकभन्दा लामो ट्र्याक रेकर्ड कायम राख्दै आएको छ । कम्पनीले आरएभी ४ हाइब्रिड, राईज जस्ता नयाँ मोडलहरू ल्याएको छ । २०२१ मा कम्पनीले फर्चुनर र प्राडो मोडेलहरूको नयाँ भेरियन्टहरू ल्याएको थियो ।

कम्पनीसँग नेपालका प्रमुख सहरहरू काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, धनगढी, नेपालगन्ज, झापामा १० वटा डिलरहरु छन् । कम्पनीले सर्भिस सेन्टरहरू पनि सञ्चालन गर्दै आएको छ । कम्पनीले गाडीकाे पाटपुर्जाहरु समेत आफैले बिक्री वितरण गर्दै आएको छ ।

अटोमोबाइल क्षेत्रहरुमा सुस्त माग, बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको संकट र बढ्दो व्याजदरले कम्पनीमा नकरात्मक असर परेको रेटिङ एजेन्सी केयरले जनाएको छ । भारी आयात शुल्क, भन्सार महसुल, अन्तः शुल्क लगायतका कारणले नेपालमा अटोमोबाइल क्षेत्रको माग सुस्त बनेको छ । कम्पनीमा सुरज वैधको ६० प्रतिशत, रितु सिंह वैधको ३० प्रतिशत र सुसन वैध श्रेष्ठको १० प्रतिशत सेयर स्वामित्व छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्