Shikhar Insurance

५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न डाक्यो प्रभु इन्स्योरेन्सले साधारण सभा, बुक क्लाेज कहिले ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सभा वैशाख २० गते प्रभु बैंक लिमिटेडको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजे बस्ने आव्हान गरेको हो ।

सभामा गत आवको मुनाफा बाट सेयरधनीलाई कम्पनीले नगद लाभांश ५ प्रतिशत (कर सहित) प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।

चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, संचालक समितिको संरचना परिवर्तन गरी १ जना महिला र १ जना स्वतन्त्र संचालकसहित ७ जनाको समिति गठन गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको छ । जसअनुसार वैशाख ६ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्