Shikhar Insurance

नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै , १५ श्ययाको आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार ११:०५
NIMB
Nabil Bank

नेपालगञ्ज । आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ ।

लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको ४ करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा थालिएको भवन अहिले निर्माणाधीन रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा गीता रेग्मीले जानकारी दिएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रप्रमुख रेग्मीका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ स्थित रानीतलाउ नजिकै निर्माणधीन पञ्चकर्म भवनलाई १५ श्ययाको आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य छ ।

सम्झौताअनुसार आगामी वैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पञ्चकर्मका सबै विधिमा उपचार गर्न धेरै कक्ष आवश्यक पर्छन् उनले भने ।

हाल केन्द्रले बिरामी परीक्षण, जीवनशैलीसँग सम्बन्धित परामर्श, भान्सा सुधार कार्यक्रम, शिक्षकलाई आयुर्वेद योग शिक्षालगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको बताए ।

उनले सीमित जनशक्तिबाट धेरै काम गर्न परेको अनुभव सुनाउँदै सात जनाको दरबन्दी रहेकामा दुई जना मात्रै स्थायी जनशक्ति भएको बताए । उनले १५ श्ययाको पञ्चकर्म भवन निर्माण भएपछि जनशक्ति पनि बढने विश्वास व्यक्त गर्दै अहिले पनि २०४५ सालमा स्वीकृत जनशक्तिले काम गरिरहेको उल्लेख गरे ।

थेरापीमा आकर्षण बढ्दै

बाँकेमा सञ्चालित विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रमा विभिन्न थेरापी लिनेको सङ्ख्या पनि बढिरहेको छ । चालु आवको छ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन् । ज्येष्ठ नागरिकतर्फ नौ सय २७ ले सेवा लिएका छन् । योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ । दूध खुवाउने छ सय ३५ आमाले सेवा प्राप्त गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्