Shikhar Insurance

पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा ‘मनकामना दर्शन’ सम्मानित

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी ‘मनकामना दर्शन प्रालि’ सम्मानित भएको छ । आर्थिक बर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा मनकामना सम्मानित भएको हो ।

नेपाल उघोग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रालिकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका छन् । गत वर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

२५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्