Shikhar Insurance

वैशाख ८ गते यूनाइटेड ट्रेडर्सले ‘टोयोटा महिला मोटर र्‍याली’ आयोजना गर्दै

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख ८ गते मोटर र्‍याली आयोजना गर्ने भएको छ । र्‍यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवर्द्धन गर्ने हो ।

२० वर्षअघिदेखि शुरू भएको र्‍याली मोटर स्पोर्टस्‌को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ। र्‍यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास राख्यको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

र्‍यालीमा कम्पनीले सबै क्षेत्रका महिलाहरु सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ। र्‍यालीमा जुन कुनै गाडीमार्फत सहभागिता जनाउन सकिने छ ।

यो र्‍याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍याली हो । टाइम (समय) डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुनेछ र त्येही सबैलाई मध्यनजर गरि अन्त्यमा बिजेता घोषणा हुने कम्पनीले जानकारी गरेको छ ।

यो र्‍यालीमा काठमाडौंको विभिन्न सहरहरु परिक्रमा हुनुको साथै संस्कृतिक सम्पदा हुदै गन्तब्यमा पुगी र्‍यालीको समापन हुनेछ । अन्त्यमा कम्पनीले बिजेताहरुलाई उचित पुरस्कार उपलब्द गराउनुको साथै र्‍याली समापन हुने ठाउँमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य यस र्‍यालीमा कार्निवल आयोजना गर्ने कम्पनीले जानकारी दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्