Shikhar Insurance

बोर्ड अध्यक्ष नियुक्तिलाई लिएर अर्थमन्त्री-सचिवबिच भनाभन

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १७:२४
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको विषयलाई लिएर अर्थमन्त्री वर्षमान पुन र सचिव कृष्णहरि पुष्करबिच विवाद चर्किएको छ । मन्त्री पुनलाई वाइपास गर्दै सचिव पुष्करले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउन खोजेपछि विवादले नयाँ रुप लिएको हो ।

अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति गर्न फागुन १६ गते सूचना जारी गरेको थियो । सो सूचनामा फागुन ३० गतेसम्म १९ जनाले आवेदन पेश गरेका थिए । आवेदन परेको अन्तिम दिन नै वित्तिय क्षेत्र व्यावस्थापन तथा संस्थान समन्वय महाशाखाका उपसचिव देवानन्द काफ्लेले १९ वटै आवेदन पोको पारेर राष्ट्रिय योजना आयोग पुर्‍याएका थिए । ३० गते नै अर्थ सचिव अमेरिका भ्रमणमा निस्कनु पर्ने भएपछि रातारात योजना आयोगमा बसेर उम्मेदवारहरुको नम्बर चढाउने काम भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोतका अनुसार आफ्नै मन्त्रालयमा आएको आवेदकको नामावली समेत मन्त्री पुनलाई ढिलो गरी मात्रै जानकारी गराइएको थियो । यसपछि छनोट समितिले के गरिरहेको छ भन्ने विषयमा मन्त्री पुनलाई कुनै ब्रिफिङ गरिएको थिएन ।आवेदन परेको १२ औं दिनसम्म पनि मन्त्री पुनले कुनै जानकारी लिन नसकेपछि चैत १२ गते सचिव पुष्करलाई बोर्ड अध्यक्ष नियुक्ति प्रकृया ढिलो भएको भन्दै छिटो गर्न ठाडो निर्देशन दिएका थिए । सोहि बैठकमा मन्त्री बनेको १ महिनामा २ पटक मात्रै सचिवसँग भेट भएको भन्दै सचिव पुष्करसँग मन्त्री पुन रुष्ट बनेका थिए ।

छनोट समितिलाई मन्त्रीले निर्देशन दिएको १३ दिनपछि चैत २५ गते निर्णय गर्दै धेरै नम्बर ल्याएका पाँच जनाको नाम सार्वजनिक गर्यो । जसमा मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, चिरन्जीवी चापागाई, कृष्ण बहादुर कार्की र डा. नवराज अधिकारी छन् । पाँच जनाको नाम सार्वजनिक हुनुभन्दा पहिले मन्त्री पुनलाई कोको छानिदै छन् भनि जानकारी समेत नदिएको मन्त्रालय स्रोतले सिंहदरबारलाई बतायो ।

स्रोतको अनुसार सचिव पुष्करले उत्कृष्ट पाँच जनाबाट चिरन्जीवी चापागाई, कृष्ण बहादुर कार्की र सन्तोषनारायण श्रेष्ठको नाम लिएर प्रधामन्त्रीकहाँ पुगेका थिए । यी पात्रमध्ये सन्तोषनारायण श्रेष्ठलाई नै अध्यक्ष बनाउन सचिव पुष्करले भुमिका खेलेका छन् । मंगलबार (चैत २७ गते) कृष्णहरि पुष्करले सन्तोषनारायण श्रेष्ठलाई कार्यकक्षको गोप्य कोठामा आधा घण्टा बढि भेटेका थिए । यो सूचना मन्त्री पुनकहाँ पुगेपछि विवाद थप चुलिएको हो ।

जब पाँच जनाको नाम सार्वजनिक भयो । मन्त्री पुनले छनोट भएका व्यक्तिहरुको नाममा चित्त बुझाएनन् । मन्त्रालय स्रोतका अनुसार उत्कृष्ट पाँच जना नाम छनोटको विषयलाई लिएर मन्त्री र सचिवबिच भनाभन भएको हो । उत्कृष्ट पाँच जना छनोटको विषयमा मन्त्री पुनले सचिव पुष्करलाई मन्त्रालय नै तपाईहरु नै चलाउनुस् भनि झोक्किएका हुन् ।

स्रोतले भन्यो “उत्कृष्ट पाँच जना छनोटको विषयलाई लिएर मन्त्री र सचिवबिच भनाभन भएको छ, मन्त्री पुनलाई जानकारी नै नदिई धमाधम काम अघि बढाएपछि मन्त्री पुनले मन्त्रालय नै तपाई (पुष्कर) चलाउनुस भनि चुनौति दिएका हुन् ।”

स्रोतका अनुसार मन्त्री पुनले बोर्ड अध्यक्ष छनोटको काम अहिलेलाई रोक्न निर्देशन दिएका छन् । आवेदन दिएका १९ जनामध्ये व्यावसायिक घरानाले नै नम्बर लेखेर छनोट समितिलाई दिएको रिपोर्टिङ मन्त्री पुन समक्ष पुगेपछि तत्कालका लागि रोक्न निर्देशन दिएका हुन् ।

छनोट भएका केहि सदस्यहरु विवादित व्यक्ति समेत परेको भन्दै समिति संयोजक डा.मिन बहादुर श्रेष्ठको चर्को आलोचना भैरहेको छ । सचिव पुष्करले मन्त्री पुन र प्रधानमन्त्री पुष्पकमल दाहालबिच फाटो ल्याउने गरी काम गरेपछि मन्त्री पुन पुष्करसँग रुष्ट बनेका छन् । छनोट समितिले चिरन्जीवी चापागाई, कृष्ण बहादुर कार्की र सन्तोष नारायण श्रेष्ठको नाम मन्त्रिपरिषद पठाउने तयारी गरेको स्रोतको दाबी छ ।

मन्त्री पुनले सचिव पुष्करलाई हटाउन खोजेपनि दुतावासदेखि डोनर एजेन्सीको शक्ति प्रयोग गरी सरुवा रोकिरहेका छन् । नयाँ स्टक एक्सचेन्दको लाइसेन्सको विषयलाई लिएर बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया थप पेचिलो बन्दै गएको हो । नयाँ स्टकबाट मनग्य लाभ लिन सक्ने देखिएपछि राजनितिक दल र व्यावसायिक घरानाहरु हालसम्मकै ठूलो कर्पोरेट लडाई लडिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्