Shikhar Insurance

नेशनल लाईफ इन्स्योरेन्सका ३ अभिकर्ता ‘एमडिआरटी’ बन्न सफल, ‘टप अफ द टेवल’को लक्ष्य पुरा गर्ने

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १३:११
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सका ३ जना अभिकर्ताहरु ‘एमडिआरटी–२०२५’ बन्न सफल भएका छन् । अभिकर्ताहरु ३ महिनाभित्रै ‘एमडिआरटी’ बन्न सफल भएका हुन् ।

कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था ‘मिलियन डलर राउण्ड टेवल-२०२५ मा छनौट हुन सफल भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडि बढाउने अभिकर्ताहरुले बताएका थिए । एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्