Shikhar Insurance

रेसिङ अटोमोबाइल्सले ल्यायो २५ लाखसम्मको दुर्घटना बीमा योजना

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १७:२९
NIMB
Nabil Bank

काठमाडौं । रेसिङ अटोमोबाइल्सले ‘नयाँ वर्ष-२०८१’ को अवसरमा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले गाडी खरिद गर्ने ग्राहकलाई दुर्घटना बीमा अन्तर्गत २५ लाख रुपैयाँसम्मको बीमा गर्ने योजना सार्वजनिक गरेको हो ।

जोखिम रक्षावरण योजना अन्तर्गत नयाँ वर्ष २०८१ का पहिलो तीन महिना (वैशाख, जेठ र असार) महिनामा सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकहरूले पनि साल २०८१ भरि एक वर्ष लागु हुनेगरी बीमा सुविधा प्राप्त गर्न सकिने कम्पनीको जनाएको छ । जसमा दुर्घटना बीमा अन्तर्गत २५ लाख रुपैयाँसम्मको बीमा रेसिङ अटोमोबाइल्सले गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, औषधी उपचार बीमा बापत जुनसुकै रोग र उपचारका लागि १ लाख रुपैयाँ बीमा समेत रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ । यो उपहार योजना प्राप्त गर्ने ग्राहकलाई कुनै गम्भीर प्रकृतिका रोग लागेमा थप १ लाख रुपैयाँको बीमा सुविधा समेत पाउने कम्पनीले जनाएको छ । अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले भने, ‘पहिलो तीन महिनामा कारोबार गर्ने कुनै ग्राहकले यो सालभर थप कारोबार गरेमा वा त्यस्ता ग्राहकको सिफारिसमा कुनै नयाँ कारोबार भएमा त्यस्ता ग्राहकको हकमा अर्को साल २०८२ को लागि पनि यस्तो जोखिम रक्षावरण (बीमा सुविधा) प्राप्त हुने छ।’

उनका अनुसार अटोमोबाइल्सको ग्राहक केन्द्रित यस्ता योजनाहरू नियमित रुपमा सार्वजनिक गर्दै आइरहेको छ । आफ्ना ग्राहकसँगै हरेक पर्व, अवसर र उमङ्ग साट्ने प्रयास स्वरूप यस प्रकारको योजना सार्वजनिक गरिएको ढुङ्गेलले बताए । आफ्ना ग्राहकको स्वास्थ्य र सुरक्षामा आफूहरूको चासो रहेकोले यो योजना तीन महिनाको लामो समयका ग्राहकको लागी उपलब्ध गराइएको उनको दाबी छ ।

सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्री वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलङ्की भाटभटेनीदेखी २ सय मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्