Shikhar Insurance

दुःख गरेर जम्मा पारेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रियो: सहकारी पीडित

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी बचतकर्ताहरुले दुःखेसो पोखेका हुन् ।

उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह शुरु हुन थालेको बताए । पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफ्नो भाईले पठाएको रकम सहकारीमा जग्गा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

भाईले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताए । उनले आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए । उनीहरुले आफूले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सरकारले तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले सरकारले गरिब जनताको दुःख नसुनेको आरोप लगाए । गरिव दुःखीको सुनुवाई कहिले हुन्छ ? भन्ने उनीहरुको प्रश्न थियो ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्