Shikhar Insurance

नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको ५३ करोड ९ लाख ऋण भुक्तानी

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १७:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ता भुत्तानी गरेको छ । निगमले सोमबार ०८० चैत मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरिएको जानकारी दिएको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि दुई कम्पनीबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको ०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी ०८० चैत्र ३० गते मसान्तसमको जम्मा ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुत्तानी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले ०८० चैत्र सम्मको अवधिमा ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्