Shikhar Insurance

तीन दिनका लागि अर्थमन्त्री बने नारायणकाजी श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार १८:३८
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको अनुपस्थितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री वर्षमान पुन अनन्तको अनुपस्थितिमा उनले सम्हाल्दै आएका कार्यभार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाल्ने गरी तोकेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन् । मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्कन्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्