Shikhar Insurance

विराट कोहलीको आरसीबीमाथी हैदरावादको राम धुलाई, २८७ रनको नयाँ किर्तिमान

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार २१:५२
NIMB
Nabil Bank

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावादले नयाँ रेकर्ड कायम गरेको छ । हैदरावादले आइपवीएलको सबैभन्दा धेरै रन बनाउने नयाँ रेकर्ड बनाएको हो ।

सोमबार भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरु विरुद्ध २ सय ८७ रनको योगफल बनाएको हो । सनराइजर्सका ब्याट्सम्यान विरुद्ध बैंग्लोरुका बलर निरिह बनेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सनराइजर्सका ओपनर ब्याट्सम्यान ट्रार्भिस हेडले बिस्फोटक ब्याटिङ गर्दै १ सय २ रन जोडे । ४१ बल खेल्दै उनले ९ चौका र ८ छक्का प्रहार गरेका थिए । हेनरिच क्लासेनले ३१ बलमा ६७, अभिषेक शर्माले २२ बलमा ३४ रन, एइडीन माराक्रमले ३२ र अब्दुल सामादले १० बलमा ३७ रन प्रहार गरे । यो समााचार तयार पार्दासम्म बैंग्लोरुले पनि आक्राम सुरुवात गरेको छ ।

यसअघि आइपीएलमा सबैभन्दा धेरै रन बनाउने रेकर्ड सनराइजर्सकै नाममा थियो । यसै सिजन मुम्बई इन्डियनलाई २७७ रन प्रहार गरको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्