Shikhar Insurance

डीजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढ्यो

सिंहदरबार संवाददाता
२०८१ बैशाख ३, सोमबार २२:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले डिजेल पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले राती १२ बजेपछि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार अब पहिलो वर्गमा प्रतिलिटर पेट्रोल १७५.५०, दोस्रो वर्गमा १ सय ७७ र तेस्रो बर्गमा १ सय ७८ कायम गरेको छ । यसैगरीरी, डिजेल र मट्टितेलेको भाउ समान कायम भएको छ । जसअनुसार पहिलो वर्गमा  १५८.५० दोस्रो वर्गमा १६० र तेस्रो वर्गमा १६१ रुपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भारतबाट नै मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ । निगमले भण्डरण केन्द्रदेखी वितरणको दुरी हेरेर वर्गिकरण गर्ने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्