Shikhar Insurance

नेशनल लघुवित्तले ७.५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १०:२९
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव पारित लाभांश सेयरधनीको खातामा जम्मा गरेको छ । कम्पनीको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनकाे लागि फागुन ३० गते बुक क्लोज गरेको थियो । कम्पनीले फागुन २९ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराएको सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गराएको हो । उक्त मिति पश्चात् बैंक खाता अद्यावधिक गर्ने सेयरधनीको पनि बैंक खातामा नै नगद लाभांश पठाइने कम्पनीले जनाएको छ । आफ्नो सेयर प्रमाणपत्र हालसम्म पनि अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, फागुन २९ गतेसम्म धितो राखेका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र नगद लाभांश जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्त भुक्तान गरेका सेयरधनीको हकमा सम्बन्धित बैंक÷वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश पठाइने कम्पनीले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्