Shikhar Insurance

सुनको मूल्यमा फेरी नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ३९ हजार २ सय

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १०:४३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । आज छापावाला सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा पुगेको हो । सोमबार सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्