Shikhar Insurance

४ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई नेपाल बैंकको आग्रह

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंक लिमिटेडले चार वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस सेयर लिन आग्रह गरेको हो ।

सो अवधिको पुरानो लाभांश केही सेयरधनीहरूले हालसम्म पनि लिन बाँकी रहेकाले बैंकले एक सूचनामार्फत लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त लाभांश लिनको लागि सेयरभनीले आवश्यक कागजात संकलन गरी कम्पनीको रजिष्ट्रार हिमालयन क्यापिटल (साविक सिभिल क्यापिटल मार्केट) ठमेल, काठमाडौंमा निवेदन पेश गर्ने सक्नेछन् ।

साथै, आव २०७५/७६ देखि २०७८/७९ सम्मको बोनश सेयरहरू सिधै डिम्याट खातामा जम्मा हुने र नगद लाभांश डिम्याट खातामा अद्यावधिक गराइएको बैंक खातामा आईपिएसमार्फत जम्मा हुने हुँदा हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई यथाशीघ्र अद्यावधिक गराउन बैंकले आग्रह कम्पीले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्