Shikhar Insurance

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बंजी नेपालमा १ हजार ५ सयसम्म छुट

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार ११:३०
NIMB
Nabil Bank

बालुवाटार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चर प्रालिबीच सम्झौता भएको छ । बंजी गर्दा बैंकका ग्राहकहरुले विशेष सुविधा प्राप्त गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रालिमा गई एकल बंजी गर्दा १ हजार र जोडी बंजी गर्दा १ हजार ५ सयसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्