Shikhar Insurance

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १३:०८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सनाले उहाँहरुबीच पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्