Shikhar Insurance

डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १३:४३
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका छन् ।

उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध ९ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्