Shikhar Insurance

नेपाल एसबिआई बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १३:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्काशन गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन् ।

बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सिईओ) मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्