Shikhar Insurance

जिल्ला लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १४:०१
NIMB
Nabil Bank

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले उद्घाटन गरेका हुन् ।

महेन्द्रनगरस्थित खुल्ला मञ्चमा भएको पहिलो खेल दीपज्योति युवा क्लब र अरनिको युवा क्लबबीच बराबरीमा टुङ्गिँदा समान एक÷एक अङ्कमा बाँडेका छन् । कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव नितेश रावलले निर्धारित समयमा गोलरहित हुँदा दुवै टोलीले अङ्क बाँडेका जानकारी दिए । त्यसैगरी, सोमबारको दोस्रो खेलमा निङ्गलाशैनी विकास समाजले विजयी सुरुआत गरेको छ । निङ्गलाशैनीले द ग्यालेक्सी युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरुआत गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आज रोयल गोर्खाज स्पोर्टस् क्लब र आदर्श समाज, कञ्चन समाज र महेन्द्रनगर युनाइटेड तथा अन्तिम खेल त्रिपुरा समाज र राम युवा क्लबबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेता टोली ५१ हजार एक सय ११, उपविजेता टोलीले २५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कारस्वरुप ११ हजार एक सय ११ नगदसहित पुरस्कृत हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) वार्षिक कार्यतालिकाअनुसार भइरहेको प्रतियोगितामा कूल ११ टोली सहभागी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्