Shikhar Insurance

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १४:५२
NIMB
Nabil Bank

काठमाडौं । दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबिच व्यवसायिक सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट दिने सम्बन्धि दुई पक्षीय समझदारी भएको हो ।

सो समझदारी पत्रमा प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर(सीएमओ) रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रालि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने बैंकले जनाएको छ । यस सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ । प्रभु बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारि पनि दिए ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरञ्जन लिन सकिने कम्पनीले जनाएको छ । प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्