Shikhar Insurance

१ रुपैयाँ बचतबाट बन्यो ८ करोडको पुँजी

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १४:२९
NIMB
Nabil Bank

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर १ रुपैयाँ बचतले ८ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले जम्मा गरेको १ रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ८ करोड जम्मा भएको जानकारी दिएका हुन् ।

करिब ३ वर्षसम्म समूहले १, दुई, दश, बीस, पचास र एक सयका दरले क्रमिक रुपमा बचत गर्दै आएको थियो । वि.सं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी रु आठ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताए । अहिले सहकारी संस्थामा ८ सयभन्दा बढी सेयर सदस्य छन् । उनले भने ‘सुरुमा १ रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक १ हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।

सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर रु पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताए । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ ।

गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ । तत्कालीन समयमा १ लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताए । वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्