Shikhar Insurance

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ ५८ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार सबैभन्दा धेरै गोर्खज फाइनान्सको कारोबार भएको छ । कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ २० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ९ सय ५ रुपैयाँ पुगेको छ ।

साथै, आज २ सय कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्