Shikhar Insurance

नेपाल एसबिआई मर्चेन्टमा डिम्याट तथा मेरो सेयर खाता खोल्दा विद्यार्थीलाई ५० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १५:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले (एसईई) परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले डिम्याट तथा मेरो सेयर खातामा विभिन्न छुट हुने योजना ल्याएको हो ।

यो योजना जेठ मसान्तसम्म लागु हुने बैंकले जनाएको छ । बैंकले निशुल्क डिम्याट खाता र १ वर्ष डिम्याट तथा मेरो सेयरको नविकरण योजना ल्याएको छ, जसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । बैंकले डिम्याट खाता खोली आजिवन नविकरण गर्ने भएको छ, जस्मा ८०.१४ प्रतिशत छुट रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, डिम्याट खाता खोली आजिवन डिम्याट तथा मेरो सेयर नविकरणमा ८२.३१ प्रतिशत छुट रहेको बैंकले जनाएको छ । उक्त छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्