Shikhar Insurance

अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ : प्रधानमन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख ४, मंगलवार १८:४३
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् । मंगलबार परिसंघको २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरुलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताए । उनले सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरुले लिन आवश्यक नरहेको बताए । उनले प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताए । सरकारले उद्योगी, व्यवसायीहरुको सुझावलाई गम्भीरताका साथ लिएको जानकारी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

न्युज एजेन्सी नेपाल

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्