Shikhar Insurance

गोरखा भीमसेन थापा गाउँपालिकामा निःशुल्क आँखा शिविरबाट १ हजार लाभान्वित

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार १०:२०
NIMB
Nabil Bank

गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सात दिने निःशुल्क आँखा शिविरबाट १ हजार जना लाभान्वित भएका छन् ।

गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी १ हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएका गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी  दिए । शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए ।

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताए । शिविरमा १ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्