Shikhar Insurance

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १०:४८
NIMB
Nabil Bank

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांशा सुरक्षित गर्ने आज (चैत ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सभा वैशाख २० गते प्रभु बैंक लिमिटेडको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजे बस्ने आव्हान गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा गत आवको मुनाफा बाट सेयरधनीलाई कम्पनीले नगद लाभांश ५ प्रतिशत (कर सहित) प्रस्ताव पारित गर्नेछ । सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने । चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, संचालक समितिको संरचना परिवर्तन गरी १ जना महिला र १ जना स्वतन्त्र संचालकसहित ७ जनाको समिति गठन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्