Shikhar Insurance

मनकामना केबलकारमा शुक्रबार मर्मतसम्भार हुँदै, एकदिनका लागि सेवा बन्द

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १३:०२
NIMB
Nabil Bank

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जानकारी दिएको हो ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्