Shikhar Insurance

नागरिक लगानी कोष र सिउरी न्यादीबीच सम्झौता, ३ करोड बढी कित्ता सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १७:२८
NIMB
Nabil Bank

काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन् । न्यादीले प्रतिकित्ता १ सयका दरले ३ करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता सेयर निष्कासन गर्दैछ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयरको ३ अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग सेयर प्रत्याभूतिको कार्य गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्