Shikhar Insurance

तातोपानी भन्सारले उठायाे ९ महिनामा लक्ष्यभन्दा बढी राजस्व

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १७:४०
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको ९ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा ५ अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ८ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिएका हुन् ।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनको भनाइ छ । उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडक लगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्