Shikhar Insurance

अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ : थापा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १८:०८
NIMB
Nabil Bank

काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताएका छन् । बिहिबार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन ।

उनले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बताए । उनले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताए । उनले विधि र पक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने जानकारी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेका छन् । उनले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताए । आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिएका छन् ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्