Shikhar Insurance

९ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ०८:००
NIMB
Nabil Bank

काठमाडौं । एनआइसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोडमा ४८ लाखमा सिमित भएको छ । बैंकले सार्वजनिक गरेको विवरणमा अघिल्लो वर्षको तुलनामा नाफामा भारी गिरावट आएको हो ।

चालु वर्षको ९ महिनामा घट्दो ब्याज आम्दानी र बढ्दो कखराब कर्जाले बैंकको नाफा घटेको हो ।  गत आर्थिक वर्ष २०७९/०८० को ९ महिनाको तुलनामा ५२.३१ प्रतिशतले नाफामा गिरावट आएको छ । पोहो यो अवधिमा बैंकले ४ अर्ब १ करोड ४९ लाख नाफा कमाएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

विवरण अनुसार बैंकको ब्याज आम्दानी ९.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.५० प्रतिशत घटेको छ ।  बैंकको कुल सञ्चालन आम्दानी ९.१७ प्रतिशत र सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेको छ । बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुगेको छ ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । गतवर्ष यो अवधिमा २९.१८ रुपैयाँ रहेको प्रति शेयर। आम्दानी १७.१२ रुपैयाँमा सिमित भएको हो । यस्तै, प्रतिशेयर नेटवर्थ २०५.४७ रुपैयाँ रहेको छ ।

बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्