Shikhar Insurance

माछापुच्छ्रे बैंकले कमायाे ८५ करोड ५४ लाख नाफा, अन्य सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ०९:४४
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफ आर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको चैत्र मसान्तमा बैंकको खुद नाफामा सामान्य गिरावट आएको हो । गत आवको सोहि अवधिमा बैंकको नाफ भने १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकका प्रमुख सूचकहरु घटेका छन् । समिक्षा अवधिमा गतर्वषको तुलनामा बैंकको खुद नाफा ३६ दशमलव ७३ प्रतिशतले घटेर ८५ करोड ५४ लाख भएको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा समेत गिरावट आएको विवरणमा उल्लेख छ । बैंकको खराब कर्जामा समेत ३.६८ प्रतिशतको वृद्धि देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ९१ प्रतिशतले घटेर ३ अर्ब ८४ करोड रुपैयाँमा झर्नुका साथौ नाफामा समेत ३० दशमलव ७५ प्रतिशतको संकुचन आएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसाले घटेर ९ रुपैयाँ ८१ पैसामा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्