Shikhar Insurance

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, अन्य सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १०:००
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ देखिएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७ दशमलव २७ प्रतिशतले कम हो । गत आवको चेत्र मसान्त सम्ममा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीमा भने उल्लेख्य वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी २६ दशमलव ३१ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोहि अवधिमा भने ६ अर्ब ६८ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ, जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ, निक्षेप संकलन २ खर्ब ७८ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब २९ अर्ब रहेको छ ।

त्यस्तै बैंकको खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । बैंकको खराव कर्ज ४ दशमलव ८१ प्रतिशत पुगेको छ । जुन गत वर्षको सोहि अवधिमा ३ दसमलव ४८ प्रतिशत रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्