Shikhar Insurance

रासायनिक मल तातोपानी भन्सारबाट काठमाडौंतर्फ ढुवानी हुदैँ

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ११:३७
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ ।

करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्