Shikhar Insurance

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १५:५५
NIMB
Nabil Bank

हुम्ला । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको ५ देखि ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य १ सय बढीले घटेको जानकारी दिएका हुन् ।

सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य सङ्घले गरेको मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्य सूची वितरण गरिएको छ । सङ्घले वितरण गरेअनुसार नै मूल्य कार्यान्वयन गरिएको व्यवसायी बताउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान बिक्री नगर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार मासु जन्यपदार्थको वितरण तथा खुद्रा मूल्यसमेत निर्धारण गरिएको हो । व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्य सूची बनाएर वितरण गरिएसँगै एकरुपता आउने विश्वास लिइएको भण्डारीले जानकारी दिए ।

वोइलर कुखुराको मासु, माछा र वँगुरको मासु प्रतिकेजी ७ सय, अण्डाप्रति गोटा ३०, प्रतिक्यारेट ७ सय ५० र रागाँको मासु प्रतिकेजी ७ सय ५० निर्धारण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । जिउँदो खसीको प्रतिकेजी ६ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी १ हजार र खसीको नेट मासुको १ हजार एक सय निर्धारण गरिएको छ ।

दैनिक उपभोग्य वस्तुमा धारा तेल ३ सय ७०, सन फलावर ३ सय सय, स्वास्तिक प्रतिलिटर ९ सय ८०, डाल्टा घ्यू दुई सय ८०, चिनी प्रतिकेजी एक सय ७०, चिउरा प्रतिकेजी दुई सय मूल्य तोकिएको छ । अन्य उपभोग्य वस्तुमा पनि मूल्य निर्धारण गरिएको भन्दै अधिकांश वस्तुको मुल्य घटेको उनले बताए । मूल्य सूचीमा कायम भएअनुसार नै व्यापारीले सामग्री विक्रिवितरण गरेमा बजारमा एकरुपता कायम आउने उनको भनाइ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्