Shikhar Insurance

प्रतिघर ३ लाखका दरले चार सय घरधुरीको घर बीमा गर्दै सिञ्जा गाउँपालिका

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १८:१६
NIMB
Nabil Bank

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । पालिकाले तिघर ३ लाखका दरले बीमा गरिएको हो ।

गत वर्ष असोजमा अविरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो । त्यस्तै प्रकृतिको प्राकृतिक प्रकोप आएमा सर्वसाधारणलाई राहत होस् भन्ने उद्देश्यले वडाका सबै घरधुरीको घर बीमा गरेको वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । कर्णाली प्रदेश समानीकरण अनुदानको बजेटबाट वडाले दुई लाख ५० हजार रकम घर बीमाका लागि विनियोजन गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

“प्रतिघर ३ लाखका दरले शिखर बीमा कम्पनीसँग सम्झौता गरी घर बीमा गरिएको छ । अब बाढी–पहिरो, वर्षा र प्राकृतिक प्रकोपले घरमा क्षति गरेमा बीमा कम्पनीबाट सो बराबरको रकम सर्वसाधारणले पाउँछन्” वडाध्यक्ष वडले भने । सोही वडाले विपन्न बालबालिकाको स्वास्थ्य बीमा गर्न ५० हजार बजेट विनियोजन गरेको छ । वडाभित्रका अति गरिब र विपन्न बालबालिकाको स्वास्थ्य बीमा वडाले गर्ने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्