Shikhar Insurance

कुमारी बैंकको करिब ७ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १०:३३
NIMB
Nabil Bank

काठमाडौं ।कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक जोनिथ इन्भेष्टमेन् एण्ड सेक्युरिटिज प्रा.लि कमलादी काठमाडौंको नाममा रहेको ६ लाख ९८ हजार ५ सय ६७ कित्ता सेयर बिक्रीमा ल्याएको हाे ।

उक्त सेयरको मूल्य बिक्रैताले तोके बमोजिम हुने बैंककले एक सूचना मार्फत जानकारी दिएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं र बैंकको प्रधान कार्यालय काठमाडौं , टं गालमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयभित्र सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने कम्पनीले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्