Shikhar Insurance

पर्यटन प्रर्वद्धन गर्न ढोरपाटन सिकार आरक्ष आसपास ३० ‘होमस्टे’ सञ्चालन गरिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १३:३४
NIMB
Nabil Bank

बागलुङ । पर्यटन प्रवद्र्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो ।

दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा (बिवाइसी) बागलुङको साझेदारीमा घरबास सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताए । युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यावसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यो अभियान थालिएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित पाँच घरबास सञ्चालकलाई २ लाख ८० हजार बराबरको सामग्री वितरण गरेको अर्यालले बताए । ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ । हाल सञ्चालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने कामको सुरुवात गरेको अर्याल बताउँछन् । घरबासमा आवश्यक पर्ने लत्ताकपडादेखि विस्तारा, कुर्सी, टेबल, ग्यास सेटलगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ । सञ्चालकलाई विभिन्न तालिममार्फत घरबास विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ़ने गरी कार्यक्रम तय गरिएको अर्याल बताउँछन् ।

यस वर्षको पुस १५ गतेसम्म १७ र त्यसपछि १३ घरबास सञ्चालनमा ल्याइने अर्यालले जानकारी दिए । पहिलो चरणमा ८५ लाख लगानी लगानी गर्न थालेको उनको भनाइ छ । “घरबास सञ्चालन गर्न रुचि राख्ने युवा, उद्यमी र महिलालाई हामीहरुले सहयोग गर्छौँ, वडा कार्यालयले सिफारिस गरेका व्यक्ति हुनुपर्ने छ, एउटा घरबासका लागि २ लाख ८० हजारसम्म सहयोग हुन्छ, अहिले तत्काल सञ्चालन हुँदै आएको ढोरपाटनका पाँच घरबास सञ्चालकलाई सहयोग गरेका छौँ । अब छिट्टै अन्य उद्यमीलाई पनि हुन्छ, खास गरि ‘इको टुरिज्जम’का लागि यो कार्यक्रम गर्न थालेका हौँ ।”कार्यक्रम संयोजक अर्यालले भने ।

युवालाई गाउँमै रोजगारीको सिर्जना गराइ व्यावसायिक बनाउन एक सय ५० जनाका लागि फरकफरक कार्यक्रम सञ्चालनसमेत गरिने भएको छ । युवालाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका तालिमका माध्यमबाट सीप सिकाइ आयआर्जनसँग जोडिने छ । ढोरपाटनका कार्यबाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवद्र्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रवद्र्धन हुनुका साथै धेरै युवाले रोजगार बढाउने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्