Shikhar Insurance

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब २५ करोड कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख ९, आईतवार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ मा पुगेको हो ।

आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २ सय ४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार सबैभन्दा धेरै गोर्खज फाइनान्सको कारोबार भएको छ । कम्पनीको १ करोड करोड २१ लाख ३७ हजार २ सय २७ रुपैयाँ ३० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ८७ रुपैयाँ पुगेको छ ।

साथै, आज २ सय म्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज दाल्ती पावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने पिपुल्स पावर लिमिटेडको सेयरमा सबैभन्दा घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्