Shikhar Insurance

दोहोरो अंकले घट्यो सेरय बजार, कारोबार रकम २ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १५:११
NIMB
Nabil Bank

काठमाडौं । आइतबार दोहारो अंकले बढेको सेयर बजार आज (सोमबार) दोहोरो अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ मा पुगेको हो ।

सोमबार ३२० कम्पनीको ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार सबैभन्दा धेरै गोर्खज फाइनान्सको कारोबार भएको छ । कम्पनीको ११ करोड करोड ५४ लाख ७९ हजार ३ सय ४७ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ५४ रुपैयाँ पुगेको छ ।

सोमबार १८६ कम्पनीको सेयर मूल्य घट्दा ४९ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आज पिपुल्स पावर कम्पनीको सेयर मूल्य बढेको छ भने दाल्ती पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्