Shikhar Insurance

कुमारी बैंककाे साढे ४ लाख कित्ता लिलामी सेयरको आवेदन दिने समय थप

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार ११:११
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख ३ गतेदेखि बिक्रीमा ल्याएको ४ लाख ५० हजार कित्ता सेयरको आवेदन दिने समय थप गरेको छ ।
बैंककले एक सूचना प्रकाशन गर्दै खरिदकर्ताले आवेदन वैशाख १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् जानकारी गरेको हो ।

उक्त सेयरको न्युनतम प्रतिकित्ता मूल्य १ सय ६ रुपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरको लागि आवेदन दिन सकिनेछ।

Citizen Life
Kumar Bank
Nepal Life

आवेदन बैंकको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं दिनुपर्नेछ । यसअघि आवेदन दिने अन्तिम मिति वैशाख ११ गते कायम गरिएको थियो । तर, सो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएपछि संस्थापक सेयरधनीको सहमतिमा म्याद थप गरिएको बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्