Shikhar Insurance

सिमा सुरक्षा कसिलो बनाउन दक्षिण कोरियाले गर्यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सिंहदरबार संवाददाता
२०८१ बैशाख १३, बिहीबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । सिमा सुरक्षा बलियो बनाउन दक्षिण कोरियाले पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । स्थानीय रूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको हो ।

‍जापानको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरेको छ । रकेट ल्याब्स इलेक्ट्रोन रकेटमा दक्षिण कोरियाली समयानुसार बुधबार माहिया स्पेसपोर्टबाट उपग्रह प्रक्षेपण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो । यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ । यसले कोरियाली प्रायद्वीप र त्यस वरपरका क्षेत्रहरूको निगरानी गर्नेछ र तस्बिर लिएर सरकारलाई राष्ट्रिय सुरक्षामा आउने कुनै पनि धम्की, प्राकृतिक विपत्ति वा कुनै पनि खतराको तुरुन्त प्रतिक्रिया दिन सहयोग गर्नेछ ।

दक्षिण कोरियोले सन् २०२६ जुनमा थप पाँच नानोस्याटेलाइट प्रक्षेपण गर्ने र सन् २०२७ सेप्टेम्बरमा स्वदेशी नुरी अन्तरिक्ष रेकटमा अन्य पाँचवटा नानास्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्